मकवानपुरको भिमफेदी ८ मा वडाध्यक्ष पद रिक्त, उपनिर्वाचन नहुने

तु खबर संवाददाता
२०७६ कार्तिक २१, बिहीबार १४:२०
file-photo

मकवानपुर, २१ कात्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ८ मा वडा अध्यक्ष पद रिक्त रहेको छ । उक्त वडामा अध्यक्षको पद रिक्त रहेपनि आगामी मंसिर १४ गते हुने उपनिर्वाचन भने नहुने भएको छ ।

उपनिर्वाचनको लागि उक्त वडाबाट कसैको पनि उमेद्वारी नरहेको निर्वाचन कार्यालय प्रमुख गोविन्द प्रसाद पौडेलले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको आज मनोनयन दर्ता हुँदैछ।

उपनिर्वाचनमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा गरी ५२ पदका लागि निर्वाचन हुँदैछ। ३७ जिल्लाका तोकिएका क्षेत्र र स्थानीय तहमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।

निर्वाचन कार्य तालिका अनुसार कात्तिक २४ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*