काँग्रेसले उपनिर्वाचनको लागि आज उम्मेदवारको नाम टुंग्याउने
मकवानपुर, १९ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली कांँसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार टुंगो लगाउन भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
काँग्रेसले उपनिर्वाचनको लागि उम्मेदवार टुंगो लगाउन आज पदाधिकारी बैठक डाकिएको छ । आइतबार डाकिएको बैठकमा तीन पदाधिकारी अनुपस्थित भएपछि आईतबारको बैठक आज मंगलबारलाई सारिएको थियो ।
छठ मनाउन तराई गएका उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार तथा कोषाध्यक्ष सीतादेवी यादव बैठकमा अनुपस्थित थिए ।
