आज बस्ने काँग्रेस पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउने

तु खबर संवाददाता
२०७६ कार्तिक १७, आईतवार ०९:३२

मकवानपुर, १७ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्दैछ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बस्ने बैठकले आसन्न उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउने कांग्रेसले जनाएको छ ।

पदाधिकारी बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पनि सहभागि हुनेछन् ।

आज बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले केन्द्रीय समितिको निर्देशन र सुझाव बमोजिम पदाधिकारीले निर्णय गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*