सेभेन ए साइड फुटबल : सन्तोषी, त्रिवेणी र धाप टोल विकास संस्था विजयी

२०७६ आश्विन ११,शनिबार ०९:५१

मकवानपुर, ११ असोज । हेटौँडा–९ मा जारी टोल स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको शुक्रबार भएको पहिलो खेलमा सन्तोषी टोलविकास संस्था, दोस्रो खेलमा त्रिवेणी टोल विकास संस्था र तेस्रो खेलामा धाप टोल विकास संस्था विजयी भएका छन् ।

शुक्रबार भएको पहिलो खेलामा धर्मपथ टोल विकास संस्थालाई २–१ गेल अन्तरले पराजित गर्दै सन्तोषी टोल विकास संस्था विजयी भएको हो । उक्त खेलको म्यान अफ द म्याच सनतोषी टोल विकास संस्थाका जर्सी नं. ९ का खेलाडी निरोज श्रेष्ठ घोषित भएका थिए । उनलाई हेटौँडा–९ का वडा सदस्य सुकराम कडेलले एक क्रेड अण्डा प्रदान गरेका थिए ।

त्यस्तै दोस्रो खेलमा त्रिवेणी टोल विकास संस्थाले पेनाल्टी सुटआउटमा प्रगती गेलभेडे टोल विकास संस्थालाई १–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । निर्धारित ४० मिनेटको खेलमा दुबै पक्षबाट गोल हुन नसकेपछि खेल पेलान्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा त्रिवेणीको तर्फबाट जर्सी नं. ८ का पुष्पराज रानामगरले गोल गर्दै आफ्नो टोलीलाई विजयी बनाएका थिए । उक्त खेलको म्यान अफ द म्याच त्रिवेणी टोल विकास संस्था किपर राजु गुरुङ भएका थिए ।

यसैगरी शुक्रबार नै भएको तेस्रो खेलमा धाप टोल विकास संस्थाले संवेदनशील टोल विकास संस्थालाई ५–० गोल अन्तरले पराजित गर्दै खेलको विजयी भएको हो । उक्त खेलको म्यान अफ द म्याच जर्सी नं. ६ मधुसुधन केसी घोषित भएका थिए । उनलाई टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यदुवंश खतिवडाले १ क्रेड अण्डा प्रदान गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*