मनहरीको ज्यामिरेमा प्रगतिशिल महिला एकता समुह गठन

२०७६ आश्विन ५,आईतवार १४:१०

मकवानपुर, ५ असोज । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरेमा प्रगतिशील महिला एकता समूह गठन गरेको छ ।

समाजमा हुने महिला हिंसाको निर्मुलिकरण गर्ने उद्देश्यले शनिबार ज्यामिरे सिरान टोलमा ‘ज्यामिरे सिरान प्रगतिशिल महिला एकता समुह’ गठन गरिएको हो ।

स्थानीय समाजसेवी एवम् महिला अगुवा व्यवसायी अनिता स्याङ्बोको बिशेष उपस्थितिमा अप्सरा ढुंगानाको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिति गठन गरेको हो ।

समुहको उपाध्यक्षमा सुनिता सुनार, सचिवमा चम्फा खाती, कोषाध्यक्षमा सविना कार्की, सह–सचिवमा कबिता सुनार लगायत सदस्यहरु रन्जिता भारती, गंगा पुरी, रमिल सुनार, चन्द्र कुमारी, संगिता सुबेदी, जानुका खत्री, भगवति सुबेदी ९क०, भगवती सुबेदी (ख), लक्ष्मी थिङ, सबिता सुनार, रन्जना सुबेदी, गोपी सुबेदी, सुमित्रा सुबेदी चयन भएका छन् ।

त्यस्तै, सल्लाकार संयोजकमा चन्द्र कुमारी भारतीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सदस्यहरुमा बिमला सुबेदी, नानु तिवारी, ईश्वरी गिरी, साइली माया गिरी चयन भएको छ ।

बिमला पराजुलीको संयोजकत्वमा अनुगमन समितीको सदस्यहरुमा सरिता सुबेदी, गोमा अधिकारी, प्रमिला सुनार, सबित्री ढुंगाना चयन भएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*