अबैध खयरको काठसहित हेटौँडाबाट दुई जना पक्राउ

तु खबर संवाददाता
२०७६ आश्विन ३,शुक्रबार १३:१२

मकवानपुर, ३ असोज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित सडकखण्डबाट शुक्रबार (आज)  अवैध खयरको काठ र बा.१० च.२७०६ नं. को स्कार्पियो गाडीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त गाडी चालक बर्दियाको सैनिवार नगरपालिका वडा नं. ६ बस्ने २७ वर्षिय अमित शाह र गाडीमा सवार मकवानपुरको बकैयाँ गाउँपालिका वडा नं. १ बस्ने ३२ वर्षिय चक्र बहादुर योञ्जन रहेका छन् ।

उनीहरुलाई लुकाई छिपाई ल्याएको खयरको काठ ५० वटा पिसमा २४.४८ क्युव फिट काठसहित ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरी आवश्यक कार्बाहीको लागि डिभिजन वन कार्यालय हेटौँडा लैजाने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*