दुई बालिका एक हप्तादेखि बेपत्ता

सल्यान, २५ भदौ । वनगाड कुपिण्डे नगरपालिका–१० माँझकाँडाका दुई बालिका एक हप्तादेखि बेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरुमा स्थानीय १३ वर्षीया खिमा वली र सोही ठाउँकी १३ वर्षीया प्रतिमा बटाला रहेका छन् ।
माँझकाँडास्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत ती बालिका गत भदौ १९ बेलुकीदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।
परिवारका अनुसार, सबै ठाउँमा खोजेर नभेटृाएपछि खोजीका लागि प्रहरीमा निवेदन दिएको हो । उनीहरुको खोजीकार्य हुनुका साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।