रामशरण पुडासैनीको टिप्पणी : समाज, परिवर्तन र जटिलता

२०७६ भाद्र १६,सोमबार १९:४६

हिजो आज हाम्रो समाज जटिल बन्दै गइरहेको छ । सामाजिक संरचना र साँस्कृतिक मौलिकता दिन प्रतिदिन घरायसी हुँदैछन् । मानवीय संवेदनासमेत कच्र्छित हुने क्रम बढ्दो छ । समाजमा नागरिकले निर्वाह गर्नुपर्ने भूमिक र पालन गर्नुपर्ने कर्तव्य अब आर्दशका रुपमा मात्र विश्लेषित हुने अवस्था आइसकेको छ । साँस्कृतिक धरोहर पनि बालुवाको महल ढलेझैं ढल्दैछ । कुनै जाति वा सम्प्रदायको विशेष सँस्कृति अब कायम छैन । संस्कृत मिश्रित हुँदैछ अझ भनौं खिचडी संस्कृति हामी परिपालन गरिरहेछौं । पुस्ता हस्तान्तरणसँगै यसले अझ स्वरुप परिवर्तन गर्ने निश्चित हुँदैछ ।

साँस्कृतिक र सामाजिक परिवर्तनका वाहक युवा वर्ग हुन् । युवा सोच र चिन्तन परिवर्तनको संवाहक हो । युगीन चेतना युवाका आवाज मान्नुपर्छ हामीले । परम्परागत सँस्कार र सामाजिक अवस्थालाई युवा वर्ग मान्न तयार छैन । हरेक पक्षलाई विश्लेषण गरी सकरात्मक र नकरात्मक पक्ष छुट्याउन सीप र कला आजको युवाहरुमा बढ्दो छ । यसलाई राम्रो पक्ष मान्नुपर्छ ।

मान्छेको आफ्नै छुट्टै पहिचान हुन्छ, पृथक प्रवृत्ति हुन्छ । अरुभन्दा भिन्नै बन्ने रहर हरेकमा हुनेगर्छ । रहरले कौशल अभिवृद्धि पनि गराउँछ । तर, हरेक सकरात्कमता भित्र नकरात्मक पक्ष पनि रहेको हुन्छ । नकरात्मक सोच र व्यवहारहरु बढ्दै जानु, विकृति र विसंगतीले समाज आक्रान्त हुनु एउटा दृष्टान्त मान्न सकिन्छ । मानवीय कल्याण र मानव हितमा समर्पित हुनु साटो अनावश्यक तनाब र दुव्र्यवहारमा फसिरहेका छन् युवाहरु । हाम्रो देशमा कैयौं युवाहरु चरम विकृतिका उत्कर्षमा छन् । हिनताबोध वा अपमानबोधले युवा वर्गमा उदासीनता ल्याउने गरेको मनोवैज्ञानिकहरुको राय छ । बेरोजगारी, असफलता र फर्सत समयले मान्छेमा सोच र व्यवहार परिवर्तन गर्ने पाइन्छ । यो समाधानार्थ हरेकले पहल गर्न जरुरी छ ।

आर्थिक विपन्नता एउटा कारण हो । मान्छेले व्यक्तित्व विकास गर्न नसक्ने सशक्त पक्ष आर्थिक अभावलाई मान्न सकिन्छ । स्वाभिमान सोच भएकाहरु अरुको पाउ मोल्न तयार हुँदैनन् जब चाकरी गर्नेको प्रगति हुन थाल्छ । सफलताको सिंढी उक्लन थाल्छ अनि स्वाभिमानीहरुमा हीन भावनाको जन्म हुन्छ । उदासीनताले मान्छेलाई खतरनाक मोडमा पुर्याउँछ ।

नेपाली समाज आर्थिक विपन्नता भएको समाज हो । जँहाका मानिसहरु पेट पाल्नको संकट र समस्याले ग्रस्त छन् । बिहान बेलुकाको हातमुख जोड्ने समस्याले थिचिएकाहरु व्यक्तित्व विकासको पाटोमा लगानी गर्न सक्षम छैनन् । शिक्षा व्यक्तित्व विकासकै एउटा पाटोको रुपमा देख्न सकिन्छ । यस अर्थमा हेर्दा हाम्रा युवाहरु सकरात्मक पक्षमा ढल्किन चाहान्छन तर, विविध कारणले यिनीहरुमा हीन भावनाको विकास हुन पुग्छ । फलतः निरास बाँच्दछन् । उत्साह र आत्मविश्वासको कडी समात्न प्रगतिको बाटो लम्कन पनि सक्छन् ।

हाम्रो समाजमा विखण्डन आउनुको ज्वलन्त कारण गरिबी मान्न सकिन्छ । असमानता र असहिष्णुताले पनि अखण्डता तोडको छ । आजको मान्छे संकीर्णतामा सीमित हुन चाँहदैन जब सामाजिक बन्धन र कसीहरुले बस्ने एउटा उत्कठ उत्पन्न हुन थाल्छ । आडम्बर हुर्कन र मौलन थाल्छन् । त्यतिखेर मान्छेलाई “कानो मामा” प्रियकर हुन्छ ।
सामाजिक–साँस्कृतिक पक्षलाई एकीकृत गरी प्रदूषण हटाउन सोच उत्पन्न नहुनु अर्को समस्या सावित भएको छ । वातावरणीय प्रदूषण प्राविधिक कारकहरुले सहज तुल्याउन सक्छ तर वैचारिक प्रदूषणलाई स्वच्छता हुनुपर्छ । त्यतिखेरमात्र मान्छेको मानमा स्वच्छता आउँन सक्छ जब समाजमा विविध समस्याको निराकण हुन सक्छ । शान्त र संयमित समाजको परिकल्ना विना यावत समस्या समाधान हुन सक्दैन । अहिले युवा मनहरुमा उत्साह छ्रैन, निरासा भरिएको छ । यही निरासाका कारण समस्या जटिल बनिहेको छ, समाज विखण्डित भइरहेको छ । हाम्रो समाजलाई विखण्डित बनाउन थुप्रै संघ–संस्था र राष्ट्रहरु पनि कम्मर कसेर लागेका छन् । धार्मिक, सामाजिक र साँस्कृति स्वतन्त्रता र सहिष्णुता अर्थले पृथकार्थ लिन थालेको छ । विदेशी धार्मिक संघसंस्थाले धर्म प्रचारका लागि करोडौं खर्च गरेका छन् । कुण्ठा र निराशा भरिएको युवा मनहरुलाई परिवर्तन गराई धार्मिक स्वार्थ परिपूर्तिका लागि पैसाको खोला बगाइएको छ । स्वभाविक हो, आन्तरिक द्वन्द्व र संघर्षमा लागेको राज्यले हेर्न नसकेपछि विदेशीको सहायतामा जीवन गुजारा गर्न पाउँदा धार्मिक आस्था परिवर्तन आपत्ति भएन ।

जीविकोपार्जन नै समस्या भएको बखत धार्मिक परिवर्तन र आस्था धरौटी राख्न पछि परेनन् । समाजका सबै सदस्य युव वर्ग पनि आज क्रिस्चियन धर्ममा लागिपरेका छन् । प्रलोभनले मान्छेलाई परिवर्तन गराएको छ । हुन पनि खान लगाउन मात्र नभएर शिक्षादीक्षा तथा रोजगारीसम्मको व्यवस्था हुने भएपछि को व्यक्ति धर्म परिवर्तन नगर्ला ?
युवावर्ग मात्र हैन, समाजका सबै सदस्यहरु यसतर्फ लाग्दैछन् जो शिक्षाको घामबाट वञ्चित छन् । विशेष गरी दलित र जनजाति सम्प्रदायका सदस्यहरु धर्मपरिवर्तनमा अग्रसर भएका छन् ।

खासगरी धर्मपरिवर्तन बाध्यता भएपछि निरीहताको कारक बनेर भएपनि बाँच्नु छ । यही अर्थमा परिवर्तनका संवाहक धर्म परिवर्तनमै सीमित भएका हुँदा हुन् । जे होस्, नागरिक समाजका सदस्य, राज्यसत्ता र आम शिक्षित समाजले यसतर्फ सचेत हुने अवस्था आइरहेको छ । समस्या समाधानार्थ हरेकले आ–आफ्नो ठाउँबाट आफ्नौ मौलिक साँस्कृति, परमपरा र रितिस्थितिलाई सुल्झ्याउन जरुरी छ ।

चेतना र शिक्षाले ल्याएको परिवर्तन र विकास मान्य हुन्छ तर, प्रलोभनमा स्वार्थ हुन्छ अर्काको स्वार्थका लागि हामी प्रयुक्त हुनुुहुँदैन । यो नै एउटा यथार्थ हो । जटिलसमाजलाई व्यवहारिक ढंगबाट बुझ्ने हो भने पनि के भन्न सकिन्छ भने मानवीय धर्म ठूलो हुन्छ । मानवीय संवेदना प्रखर हुन्छ । मान्छेको मान्छेसँगको आत्मीय सहकार्य उत्कृष्ट हुन जान्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*