मकवानपुरको हेटौँडासहित दुई स्थानमा दुई जनाको शव फेला

मकवानपुर ११ भदौ । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा दुई जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मकवानुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० राममन्दिर ननिककै आज दिउँसो एक भारतीय नागरिक आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
भारत घर भई हाल हेटौँडामा डेरा गरी बस्ने १९ वर्षीय अन्जित शर्मा आज ९बुधबार० दिउँसो करिब साढे ३ बजेको समयमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए ।
आफ्नै परिवारसँग डेरामा बस्दै आएका शर्मा विगत केही समयदेखि ग्यारेजमा काम गर्दै आएका थिए ।
यसैगरी बुधबार नै मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७ की १७ वर्षीया तारा ग्याबा ९तामाङ० झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
उनी आज दिउँसो करिब १२ बजेको समयमा आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख सिंहले जानकारी दिए ।
उनका अनुसार, मृतक दुबै जनाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ ।