वातावरणीय सचेतना सम्बन्धि सांस्कृतिक कार्यक्रम

मकवानपुर १३ असार । हेटौँडामा बिहिबार राती वातावरणीय सचेतना सम्बन्धि सांस्कृतिक कार्यक्रम तथा प्रस्तुती सम्पन्न भएको छ ।
वन तथा वातावरण मन्त्रालय, वातावरण विभागको आयोजनामा हेटौँडाको बुद्धचोकमा आयोजित उक्त कार्यक्रममा अभियन्ता तथा कलाकारसहितको टोलीले आम दर्शकहरुलाई वातावरण स्वच्छ राख्नुपर्छ प्रदुषण गर्नुहुदैन भन्ने सन्देश प्रबाह गरेको कार्यक्रम संयोजक नारद खतिवडाले बताए ।
कार्यक्रममा चर्चित गायक धिरज राई, रोज मोक्तानले आफ्नो जोडदार प्रस्तुती दिएका थिए ।
कार्यक्रममा गायक डिजराज पौडेल र रमेश श्रेष्ठले पनि आफनो प्रस्तुती दिएका थिए । हाँस्यव्यङग मार्फत वातावरण र सरसफाई बारे चोटिलो प्रस्तुती सुरेश थापा दर्शने र अनिता दंगाल मनमायाले गरेका थिए ।
प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण कुमार नेपालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा हेटौंडामा रहेको कलिउड कला केन्द्रका कलाकारहरुले वातावरण सम्बन्धि गीतमा आफ्नो प्रस्तुती नृत्य मार्फत देखाएका थिए ।
कार्यक्रममा वातावरण विज्ञ उप प्रध्यापक योगेन्द्र यादवले वातावरणबारे जानकारी दिएका थिए । प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुरमा पनि कार्यक्रम हुने संयोजक खतिवडाले बताए ।
कार्यक्रमलाई सांस्कृतिक संस्थान काठमाडौंको सहकार्य र विकल्प मिडिया प्रालिको संयोजनमा भएको थियो ।