को – को थिए एम्बुलेन्समा गाँजा बोक्ने जसलाई खोज्दैछ मकवानपुर प्रहरी

२०७६ बैशाख २३,सोमबार १५:३९

मकवानपुर २३ वैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २३ गते विहान ९ पोका करीव ६४ केजी लागू औषध गाँजासहित भारतीय एम्बुलेन्स नियन्त्रणमा लियो । गाँजा ओसारपसारमा संलग्नलाई भने प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने संलग्नको खोजी कार्य तीव्र पारिएको जनाएको छ । हामी प्रयास गरिरहेका छौँ, खोजी कार्य जारी छ– एसपी मुकेश सिंहले भने ।
बीआर ०५ पी ५६०५ नम्बरको सेतो एम्बुलेन्समा गाँजा लुकाएर आउँदैछ भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुशुवाह र उनको टोली एम्बुलेन्स फलो गर्दै रातोमाटे लच्का नजिँकै पुगेका थिए ।

त्यसपछि चालक र अर्का एक त्यहाँबाट फरार भएका हुन् । फरार एम्बुलेन्स चालकको पहिचान भइसकेको छ । तर, अर्का एक जना को थिए भन्ने भेउ प्रहरीले पाउन सकेको छैन ।

मकवानपुर प्रहरीले एम्बुलेन्स चालक र अर्का एक जना पक्राउको लागि व्यापक प्रहरी परिचालन गरेको छ । मकवानपुरका एसपी सिंहले गाँजा तस्करीमा संलग्नहरुलाई भटाभट नियन्त्रणमा लिन थालेपछि गाँजा तस्करीमा संलग्नहरु पनि नयाँ नयाँ आइडिया रच्दै गाँजा ओसारपसारमा लागेका छन् ।

त्यसको पछिल्लो कडीको रुपमा भारतीय एम्बुलेन्समा लुकाएर ल्याएको गाँजा बरामद हुनु हो ।

चालकले यो एम्बुलेन्स हो छोड्नुस् भनेर प्रहरीलाई चालकले भनेका थिए । तर, प्राप्त सूचनामा विश्वस्त प्रहरीले एम्बुलेन्स खानतलासी गर्यो । त्यसपछि फेला पर्यो, ६४ किलो गाँजा ।

तर, अहिले मकवानपुर प्रहरीलाई त्यसमा सवार र एम्बुलेन्स चालक खोज्न र भेटाउन धौधौ परिरहेको छ । एसपी सिंह भन्छन्, पत्ता लगाएरै छोड्छु ।
हामीले पहिचान गरिसकेका छौँ, अब नियन्त्रणमा लिने प्रयासमा छौँ– उनले भने ।

यो पनि पढ्नुहोस् –

एम्बुलेन्समा गाँजा बोक्ने तस्कर हेटौंडाबाट चप्पल फुकालेर भागेपछि…


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*