अपडेट : नेकपा मकवानपुर इन्चार्ज ज्वालालाई अदालत लगिँदै
मकवानपुर, २९ चैत । प्रहरीले विप्लव नेतृत्वको नेकपा मकवानपुरका इन्चार्ज बीरबहादुर घलान ज्वालालाई अदालत लैजाँदै छ ।
केही बेरपछि उनलाई जिल्ला अदालत मकवानपुर उपस्थित गराउने तयारी प्रहरीको छ । प्रहरीका अनुसार, उनलाई हातहतियार तथा बिस्फोटक पदार्थसम्बन्धी अभियोग लगाइँदैछ ।
हिजो सशस्त्र प्रहरी बलले हेटौंडा ८ फायरलाइनमा उनीसमेत अर्का एकलाई पक्राउ गरेको थियो । पक्राउ पछि ज्वालालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
