हेटौँडा अस्पतालबाट मुख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रम सुरु
मकवानपुर, १७ चैत । प्रदेश नं. ३ सरकारले आजबाट मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरेको छ । हेटौंडा अस्पतालबाट यसको सुरुवात गरिएको हो । विपन्न नागरिकलाई सरल स्वास्थ्य सेवा दिने गरी सरकारी अस्पतालबाटै सेवा सुरु गरिएको हो ।
यस क्रममा हेटौंडा अस्पतालमा आएका बिरामीको स्वास्थ्य परिक्षण गरेर यो कार्यक्रमको सुरुवात गरियो ।
यस अवसरमा मुख्यमन्त्री पौडेलले अब स्वास्थ्य क्षेत्रमा पनि मकवानपुरलाई अग्रस्थानमा ल्याउने दावी गरे । यहाँको स्वास्थ्यमा कमजोर भएकाले अब सुधार गर्दै लैजान प्रदेश सरकार लागिपरेको उनको भनाइ थियो ।
शिक्षा क्षेत्रमा मकवानपुर अगाडि रहेको तर्क गर्दै उनले अब स्वास्थ्य क्षेत्रमा पनि मकवानपुरलाई अगाडि ल्याउन काम हुने बताए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने गरी काम सुरु भइसकेको र सो को बिधयक पनि आजै प्रदेशसभामा प्रस्तुत भइरहेको मुख्यमन्त्री पौडेलले बताए ।
सो अवसरमा प्रदेशका मन्त्रीहरुले पनि बोलेका थिए ।
र, यो पनि पढ्नुहोस्
– मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम शुभारम्भ, मुख्यमन्त्री पौडेलले गरे उद्घाटन
