सूचनाको हक अनुसार प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेन विवरण
मकवानपुर । सूचनाको हक सम्बन्धी ऐनले हरेक ३/३ महिनामा कार्यालयबाट भएका कामहरुको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको भएपनि ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले स्वतः सार्वजनिक गर्नुपर्ने सूचनाहरु सार्वजनिक गरेको छैन ।
ऐनको व्यवस्था अनुसार, कार्यालयले सम्पादन गरेका कामहरु स्वतः सार्वजनिकीकरण गर्नुपर्ने प्रावधान छ । सो प्रावधान अनुसार कार्यालयले आफ्नो कार्यालयबाट भएका कामहरु सार्वजनिक गर्नुपर्नेमा त्यसो हुन सकेको छैन ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख डीआइजी दीपककुमार थापाले त्यस्तो व्यवस्था अनुसार सार्वजनिक गर्नुपर्ने सूचनाहरु सार्वजनिक गरिने बताएका छन् । तु खबरसँग कुरा गर्दै डीआइजी थापाले कानूनी प्रावधान अनुसार सबै सूचना तथा विवरणहरु सार्वजनिक गरिने बताएका हुन् ।
