एसपी गुरुङको आदेशका कारण कन्ट्रोलले दिन मान्दैन सामान्य घटनाको सूचना

२०७५ भाद्र २८,बिहीबार ११:३९

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी कन्ट्रोलले अहिले सामान्य सूचना पनि दिन मान्दैन । एसपी बुद्धिराज गुरुङको निर्देशनपछि प्रहरी कन्ट्रोलमा बस्ने प्रहरी अधिकारीहरुले दूर्घटनालगायतका सामान्य घटनाको सूचना पनि मिडियाकर्मीहरुलाई दिन मान्दैनन् ।

मकवानपुर जिल्लाभित्र भएका दूर्घटनाहरु बारे पत्रकारहरुले समान्य सूचना माग्न सहजताका लागि प्रहरी कन्ट्रोलसँग बुझ्ने गर्छन् । केही महिना अघि सम्म यस्ता सामान्य घटनाहरुमा प्रहरी कन्ट्रोलले के भएको हो, कहिले भएको हो, दूर्घटनामा परी घाइते को को भए जस्ता विवरणहरु उपलब्ध गराउँदै आएको थियो । तर, अहिले प्रहरी कन्ट्रोलमा सम्पर्क गर्यो भने माथिको आदेश भन्दै सूचना दिँइदैन ।
प्रहरीले सामान्य घटनाको सूचना पनि प्रवाह नगर्नुको कारण अहिलेसम्म सार्वजनिक भएको छैन । प्रहरी कन्ट्रोलमा बस्ने अधिकारीहरु माथिको आदेश छ भन्दै सामान्य दूर्घटनाको सूचनासम्म दिन मान्दैनन् ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंह सामान्य घटनाको सूचना कन्ट्रोलबाटै पाउने व्यवस्था मिलाइने बताउँछन् । अनुसन्धानमा गम्भीर असर पर्ने बाहेकका दूर्घटना लगायतका सामान्य सूचना कन्ट्रोलबाटै उपलब्ध गराउन निर्देशन दिन्छु उनले तु खबरसँग भने ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*