नेपाली काँग्रेस मकवानपुरले गर्यो सक्रिय सदस्यलाई सदस्यता वितरण
मकवानपुर १९ साउन । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ को आयोजनामा सक्रिय कार्यकर्ता भेला गरी सक्रिय सदस्यता वितरण गरिएको छ । १९ नम्बर वडाका वडा अध्यक्ष धनबहादुर गुरुङको सभाध्यक्षतामा भएको कार्यक्रममा सदस्यता नविकरण गर्ने सक्रिय सदस्यहरुलाई सदस्यता वितरण गरिएको प्रेस यूनियन मकवानपुरका सहसचिव सुजन बिडारीले जानकारी दिए ।
बिडारीका अनुसार आज ६५ जनालाई सदस्यता वितरण गरिएको र पछि पनि वितरण गरिँदै जाने कार्यक्रम रहेको छ । कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा,नगर सभापति आनन्दराम पराजुली , जिल्ला सदस्य भिमसेन महत , तरुण दल नगर अध्यक्ष सुनिल गिरी लाएतको उपस्तिथि रहेको थियो ।
