मुलुकभर ९० प्रतिशत रोपाँई सकियो
काठमाडौँ, १९ साउन । देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाँई सम्पन्न भएको छ ।
कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँँ सम्पन्न भएको छ ।
गत वर्ष साउनको दोस्रो साता यही अवधिसम्म ७७ प्रतिशत मात्र रोपाँई भएको थियो । अघिल्लो वर्ष भदौ १३ गतेसम्म ९५ प्रतिशत रोपार्इ भएकामा यस वर्ष साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपार्इ हुने अनुमान मन्त्रालयले गरेको छ ।
गत आर्थिक वर्षमा देशभर ५१ लाख ५१ हजार मेट्रिक टन धान फलेकामा अहिले करीब ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । आ व २०७३/०७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको अभिलेख मन्त्रालयसँग छ ।
