प्रचण्डले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

तु खबर संवाददाता
२०७५ श्रावण १९, शनिबार १६:५७

मकवानपुर १९ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा पहिलो जीत हात पार्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिलो पाइला निकै उत्साहजनक र प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले शुक्रबार राति नेदरल्याण्ड्सविरुद्ध नेपालले ऐतिहासिक जीत हासिल गर्न सफल भएबाट विश्व क्रिकेटमा समेत नेपालले गौरवपूर्ण इतिहास बनाउने आशा झनै बलियो भएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*