मकवानपुरे दुई सांसदको मन्त्री बन्ने सपना स्वाहा

तु खबर संवाददाता
२०७५ श्रावण १९, शनिबार ०८:२५

हेटौँडा, १९ साउन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कानुन मन्त्रीमा नेकपाका केन्द्रीय सदस्य भानुभक्त ढकाललाई नियुक्त गरेका छन् । ढकाल मोरङ ३ बाट निर्वाचित सांसद हुन् । लामो समय ओली निकट रहेर पनि अवसर नपाएका नेताका रुपमा परिचित ढकाल तत्कालिन कानुन मन्त्री शेरबहादुर तामाङले राजिनामा दिएपछि कानुन मन्त्री बनेका हुन् । आजको हेटौँडा सन्देश दैनिकमा खबर छ ।

सरकारको बचाउ गर्ने सन्दर्भमा दिइएको अभिव्यक्तिका कारण तामाङले राजिनमा दिएपछि मन्त्रीमा मकवानपुरका दुई सांसदको नाम चर्चामा थियो । प्रतिनिधिसभा सदस्य विरोध खतिवडा र राष्ट्रियसभा सदस्य रामनारायण बिडारीमध्ये एकले कानुन मन्त्रालय सम्हाल्ने चर्चा स्थानीयस्तरमा चलेको थियो ।

मकवानपुरे सांसद रामनारायण बिडारी र विरोध खतिवडा सहित ढकाल र कृष्णभक्त पोखरेलको मन्त्री बन्ने सूचिमा नाम परेको हल्ला थियो । तर उनीहरुको मन्त्री बन्ने सपना भने तुहिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*