इटहरीमा सूचनाको हकबारे पत्रकारलाई दुई दिने प्रशिक्षण
इटहरी, १८ साउन । राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी अधिकारका विषयमा जिल्ला तहमा प्रशिक्षक प्रशिक्षण उत्पादन गर्ने उद्देश्यले आयोजित २ दिने प्रशिक्षण तालीम आजबाट शुरु भएको छ ।
पूर्वी नेपालको झापा मोरङ सुनसरी र धनकुटा जिल्लाको नेपाल पत्रकार महासंघका जिल्ला सभापति एवं अन्य सञ्चारकर्र्मीसहित उक्त प्रशिक्षक प्रशिक्षण तालीममा ३५ जना सञ्चारकर्मीको सहभागिता रहेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तालीममा सहभागी भएका सञ्चारकर्मीलाई जिम्मेवार पत्रकारिताको माध्यमबाट आम नेपाली जनतालाई सूचनाको हकसम्बन्धी संविधानबाट प्राप्त अधिकार सुनिश्चित गराउन भूमिका खेल्ने विषयमा ज्ञान एवं दक्षता प्रदान गरिने छ ।
