अस्थायी रुपमा बन्यो त्रिभुवन विमानस्थलको धावनमार्ग
काठमाडौं, १८ साउन । शुक्रबार बिहानै अचानक धावनमार्गमा चिरा परेपछि त्रिभुवन विमानस्थलको धावनमार्ग अस्थायी रुपमा मर्मत गरिएको छ । अस्थायी रुपमा मर्मत गरिएसँगै उडान र अवतरण नियमित भएको छ ।
शुक्रबार बिहान नियमित उडान र अवतरण भैरहेको अवस्थामा धावनमार्गमा चिरा परेको देखिए लगत्तै दुईपटक उडान र अवतरण बन्द गरिएको थियो ।
