त्रिभुवन विमानस्थलको धावनमार्ग चिरा परेपछि कतार एयरवेजको जहाजद्वारा ओभरसुट
काठमाडौं, १८ साउन । त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरापरेपछि दोहाबाट काठमाडौं आउँदै गरेको कतार एयरवेजको जहाजले त्रिभुवन विमानस्थलमा ‘ओभरसुट’ गरेको छ ।
धावनमार्ग चिरा परेपछि अवतरण गर्न नसक्दा जहाजले ‘ओभरसुट’ गरेको हो । ‘ओभरसुट’ गरेपछि आकाशमा ६ फन्काभन्दा धेरै घुमेको जहाज अवतरण भएको छ । विमानस्थलले होल्डमा रहेको जहाज अवतरण गरेपछि उडान र अवतरण बन्द गरेर धावनमार्ग मर्मत गर्दैछ ।
