सरकारी भवनमा गैससको रजाइँ

तु खबर संवाददाता
२०७५ श्रावण १८, शुक्रबार ०८:०७

मकवानपुर । एक अन्तर्राराष्ट्रिय गैरसरकारी सस्थाले आफ्नो कार्यक्रम संचालन गर्नका लागि मकवानपुरको सरकारी कार्यालय प्रयोग गरिरहेको पाइएको छ ।

जनस्वास्थ्य कार्यालयको भवनमा आइपास नेपाल नामक गैससले भवन प्रयोग गरिरहेको बारेमा आजको हेटौंडा सन्देश ले समाचार प्रकाशित गरेको छ ।

समाचार अनुसार, हिजो मूख्य मन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री युवराज दुलालले जनस्वास्थ्य कार्यालय अनुगमन गर्न जाँदा यस्तो तथ्य खुलेको हो । समाजिक विकास मन्त्री दुलालले यसबारे छानविन गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*