मकवानपुरको प्रशासनले गर्यो पानी उत्पादक कम्पनीहरुको अनुगमन, माई चोईसको पानी भर्न रोक लागाइयो

तु खबर संवाददाता
२०७५ श्रावण १७, बिहीबार १७:४७

मकवानपुर १७ साउन । मकवानपुरको हेटौंडाका माई चोइस, आक्वा टाईम र अमृत जल नामक पानीमा कमिला तथा किरा भेटिएको हेटौंडावासीको गुनासो पश्चात तु खबरमा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा पानी उत्पादक कम्पनीहरुको आज अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा माई चोईस नामक पानी उत्पादन गर्ने कम्पनी मकवानपुर बेभरेजमा कुच्चीएका जार प्रयोग गरिएको पाईएको छ । नियम अनुसार अन्य कम्पनीको जारमा पानी भरेर बेच्न नपाईने भएता पनि उक्त कम्पनीले अन्य कम्पनीको ट्याग भएको जारमा पानी भर्दै बेच्दै आएको समेत पाईएको छ । जारमा पानी भर्ने ठाँउ खुल्ला भएको साथै जार सफा गर्नको लागि सेनेटरको प्रयोग नगरिएको समेत अनुगमनका क्रममा फेला परेपछि सो कुराहरुको व्यवस्थापन राम्रो संग नभएसम्म जारमा पानी भर्न मकवानपुर बेभरेजलाई आदेश दिईएको छ ।

त्यसैगरि अमृत जल नामक पानी उत्पादन कम्पनी नेचुरल बेभरेजको बोर्ड समेत नभेटिएको साथै पानीको जार निकै फोहोर भएको पाईएको छ । गाडीमै उपभोक्तालाई बेच्न लानै आटेको पानीको जारमा समेत जारको बिर्को निकै खुलुलो भएको पाईएको र पानी भर्ने कक्षमा कामदारहरुले हातमा ग्लोव नलगाएको पाईएपछि उनीहरुलाई एकपटक सचेत गराईएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।
त्यसैगरी आक्वा टाईम नामक पानी उत्पादन गर्ने उद्योग परिषर निकै फोहोर भेटिएको साथै पानी भेर्ने कामदारले हालतका ग्लोब नलगाएको पाईएको छ । उद्योगमा उद्योगकोे बोर्ड समेत नभेटिएको पाईएको छ ।

साथै अनुगमनकै क्रममा शुभ दुध तथा दहि उत्पादन गर्ने कम्पनीले १ दिन अगाडीकै मितीमा ट्याग राखेर उपभोक्तालाई झुक्याउँदै दुध तथा दहि बिक्रि गरिरहेको पाईएको छ । उक्त दुध तथा दहि उत्पादन गर्ने कम्पनीले ७ दिनसम्म उपभोग गर्न मिल्ने ट्याग राखेर १ दिन उपभोक्तालाई भुक्याईरहेका पाईएपछि एक पटकका लागि सचेत गराई उक्त प्याकिङ भइसकेका करिब १० कार्टुन दुध पुन आजकै मितिमा बनाउन लगाएर अनुगमन टोली फर्किएको हो ।

अनुगमन पश्चात प्रत्येक पानी कम्पनीबाट पानीको गुणस्तर जाँच गर्नको लागि जार तथा बोतलको पानी सिल गरी चेकजाँचको लागि प्रयोगशालामा लगिएको छ । उक्त पानीको गुणस्तर चेकजाँच गर्नको लागि करिब १ हप्ताको समय लाग्ने र पानी दुषित भएको वा नभएको थाहा पाउँन सकिने खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजालले बताए ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकिय अधिकृत विनय श्रीवास्तव,उपभोक्ता हक हित संरक्षण मञ्चका बाशु खतिवडा,खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरका राजकुमार रिजाल, ईलाका प्रहरी कार्यालयका लक्ष्मण थापा, हेउनपाका प्रतिनिधि तथा मकवानपुरका पत्रकारहरुको उपस्तिथि रहेको थियो ।

तस्वीर जी न्यौपाने

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*