हेटौँडामा सञ्चालित कुक तालिममा उत्कृष्ट भएकालाई पुरस्कार वितरण
मकवानपुर, १७ साउन । मकवानपुरको हेटौँडामा सञ्चालित १० महिने पेशागत कुक तह २ तालिममा सहभागी उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
बुधबार हेटौँडामा भएको अभिभावक भेलामा तालिममा उत्कृष्ट प्रथम, दोस्रो र तेस्रो हुन समूहलाई मेडल र प्रमाणपत्र वितरण गरिएको हो । जेठ १७ गतेदेखि सञ्चालित तालिममा ३७ महिलासहित ८० जनाको सहभागिता रहेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) अन्तरगतको दीगो तथा सम्मानित रोजगारीका लागि सीप (ईन्स्योर) परियोजना मार्फत् तालिम भईरहेको छ ।
हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्र प्रालि हेटौंडाका श्यामकुमार अग्रवालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा ईन्स्योर परियोजनाका क्षेत्रीय संयोजक तीलबहादुर रानाभाटको प्रमुख आतिथ्य तथा परियोजनाका अनुगमन अधिकृत कुशबहादुर गुरुङ्गको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा प्रशिक्षक हिराप्रसाद पौडेल, सहभागीहरु प्रिस्तु नगरकोटी, प्रधमन गौतम, हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रका भीम भुजेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । तालिममा विनिता पौडेल, एजिना घले, विमल डंगोल, दीपक खड्का, सुमन अर्याल, सन्तोष तिवारी, रुपेश खड्का र हिराप्रसाद पौडेलले प्रशिक्षण दिईरहेका छन् ।
