जिल्लाको शान्ति र सुरक्षाका लागि सक्रिय भएर लाग्छु : सिडिओ तामाङ

तु खबर संवाददाता
२०७५ श्रावण १५, मंगलवार १८:५६

मकवानपुर १५ साउन । मकवानपुरमा हालसालै आएका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मकवानपुर जिल्लालाई अपराधमुक्त जिल्ला बनाउने बताएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघले आज प्रजिअ तामाङको स्वागत गर्नको लागि आयोजना गरेको एक कार्यक्रममा बोल्दै तामाङले यो जिल्ला नाकाबाट नजिक र अन्य स्थानमा जाने माध्यमको रुपमा यो जिल्ला रहेकोले यो जिल्लालाई अपराधमुक्त जिल्ला बनाउने बताएका हुन्, ।

संघका अध्यक्ष कृष्ण कटुवालले सिडियो सामु हेटौंडाको व्यावसायको बारे जानकारी गराएका थिए । उनले व्यवासायमा भएको समस्या र चुनौतीबारे जानकारी दिएका थिए । हेटौंडाको तत्कालको समस्या पार्किङ रहेको र सिसिटिभि, सरकारी अस्पताल रहेको बताए । पार्किङको विषयमा प्रजिअ तामाङले शहर व्यवस्थित हुन पार्किङ व्यवस्थित हुनुपर्ने बताए । उनले यातायातको क्षेत्रलाई पनि सहज ढङ्गले सहयोग पुग्ने गरि कार्य गर्ने बताए । सरकारले सबै कार्य सम्पादन गर्न नसक्ने हुँदा सबै क्षेत्रबाट आफ्नो आफ्नो तवरले काम गरेर सहयोग पुराउन आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै प्रजिअ तामाङले केश अनुसारको एक्सन लिन्छु भन्दै आफु खेताला रहेको हुनाले सबैलाई सहयोग गरि काम गर्ने बताए । कार्यक्रममा उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य अरुणराज सुमार्गी, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, होटल एसोसिएसन मकवानपुरका अध्यक्ष भागिरथ शर्माले आफ्नो क्षेत्रगत विषयमा भनाई राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*