अब विद्या वालनलाई साउथमा हेर्न पाईने
एजेन्सी, १४ साउन । अभिनेत्री विद्या वालनले साउथ इण्डियन चलचित्रमा डेब्यू गर्ने भएकी छिन् । चर्चित साउथ स्टार एनटीआरको बायोपिकबाट उनले साउथ यात्रा सुरु गरेका हुन् । चलचित्रको छायांकनको काम पनि सुरु भइसकेको छ ।
यस फिल्ममा विद्या एनटी रामा रावको श्रीमतीको भूमिका निभाइरहेकी छिन् । खबरहरुका अनुसार बिद्याले यस फिल्मका लागि १.५ करोड रुपैयाँ पारिश्रमिक लिएकी छिन् । एनटी आरको जीवन कहानीमा आधारित चलचित्रमा उनी कस्तो अवतारमा देखिनेछिन् त्यो भने हेर्न बाँकी छ । एनटीआरको पूरा नाम नन्दमुरी तारका रामा राव हो । उनीे एनटीआर नामले चिनिन्छन् । एनटीआर साउथ फिल्मका अभिनेता, निर्देशक, सम्पादक र राजनेता हुन् । उनी ७ वर्षसम्म भारतको आन्ध्र प्रदेशको मुख्य मन्त्री पनि भएका थिए ।
उनको बायोपिकमा एनटीआरको भूमिका नन्दमुरी बालाकृष्णले निभाइरहेका छन् भने राणा दग्गुबाती पनि विशेष भूमिकामा देखिनेछन् । यस्तै अभिनेत्री श्रीदेको भूमिकाको लागि राकुल प्रितलाई प्रस्ताव राखिएको छ । पछिल्लो समयमा विद्या बालन मुख्य अभिनेत्रीको रुपमा फिल्म ‘तुम्हारी सुलु’ मार्फत दर्शकमाझ आएकी थिइन् । सुरेश त्रीवेणीको निर्देशनमा बनेको यो फिल्म बक्स अफिसमा निकै सफल भएको थियो । यस फिल्मबाट अभिनेत्री बिद्या वालनले उत्कृष्ट अभिनेत्रीको फिल्म फेयर अवार्ड समेत पाएकी थिईन् ।
