५ दशकदेखि हराएका खड्का घर फर्किए

तु खबर संवाददाता
२०७५ श्रावण १४, सोमबार १२:५८

मकवानपुर १४ साउन । ४७ बर्ष अघि हराएका भकुण्डेका प्रेमबहादुर खड्का घर फर्किएका हुन् । पाँच दशकदेखि घर परिवारसंग सम्पर्कविहिन रहेका खड्का सोधखोज गर्दै गाउँसम्म आईपुगेको काठमाण्डौका सञ्चारमाध्ययमहरुले जनाएका छन् ।

निकैपछि गाउँमा आएका खड्कालाई पछिल्ला पुस्ताले चिनेनन् तर बुढापाकाले मात्र चिने साथै उनले पनि बुढापाकालाई मात्र चिनेको बताएका छन् ।

खड्काले भारतको मेघालयको एउटा गाउँ नजिकै रहेको जंगलमा गाई फारममा काम गर्दै आएको बताए। ‘बाचेर गाउँ फर्कन्छु भन्ने सोचेको थिइनँ जन्मथलो आएँ, सबैसँग भेटघाट भयो, खुशी लागेको छ’, खड्काले भने।

प्रेमबहादुरको उमेर ७० वर्ष नाघे पनि अहिलेसम्म नेपाली नागरिकता छैन। ‘

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*