मृगौला तस्करीमा सम्लग्न मकवानपुरका १ सहित ५ जना पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण १४, सोमबार १०:५६

मकवानपुर १४ साउन । प्रहरीद्वारा मिर्गौला तस्करी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । चितवन प्रहरीको जानकारी अनुसार ५ जनामध्ये १ जना मकवानपुरका समेत रहेका छन् ।

त्यसैगरि अन्य पक्राउ पर्नेहरुमा रौतहट जिल्ला निवासी ३५ बर्षीय विक्रम पहरी ,मकवानपुरको बकैया निवासी २८ बर्षीय प्रकाश तामाङ,मोरङका ३४ बर्षीय दीपक लिम्बु ,र रसुवा निवासी २८ बर्षीय विशाल नेपाली र नुवाकोट जिल्ला निवासी ४२ बर्षीय हरि परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पहरी, तामाङ र लिम्बूलाई साउन १ गते चितवनबाट, दर्जीलाई सोही दिन काठमाडौँबाट र नेपालीलाई साउन ४ गते रसुवाबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*