मकवानपुरका ग्रामिण भेगका विजुलीका पोल मक्किएपछि मानवबस्ती जाखिममा
मकवानपुर १३ साउन । मकवानपुरको थाहानगरका बिजुलीका पोलहरु जिर्ण रहेका छन् । कति काठका पोल पुरै मक्किएर तारको भरमा अडिएका छन् । भने कति त मक्किएर ढल्नै लागेका छन् । केही पोल सार्न र फेर्न पटक÷पटक प्राधिकरणलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाई भएन ।
हावा हुरीले विद्युतको पोल ढालेपछि मकवानपुरका विभिन्न क्षेत्र विद्युतविहिन बन्ने गरेका छन् । यसबाट गाँउ अन्धकार हुनुको साथै कुठानी पीसानी मोवाईल चार्ज , टेलिभिजन हेर्न नपाएको गुनासो पनि स्थानीयहरुले गर्न थालेका छन् ।
विद्युत नभएपछि नमस्ते , एनसेल स्मार्ट र स्काईप लगाएतका टावर निर्वाध सञ्चालन हुन सकेका छैनन् । नेपाल विद्युत प्राधिकरण गाउँगाउँमा विद्युत विस्तारको अभियानमा जुटिरहेको छ । त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापनमा ध्यान दिँदै आएको प्राधिकारणलाई पछिल्लो समय विद्युत माग गर्न गति ग्राहक आउँछन् त्यत्तिकै संख्यामा पोल फेर्न माग गर्दै निवेदन लिएर आउने ग्राहकको संख्या रहेकाले कामको व्यवस्थानमा कठिनाई देखिएको हेटौंडा वितरण केन्द्रको दाबी छ । विजुलीको पोल मक्एिपछि मावन जनजिवनमा समेत समस्या हुनुको साथै पोल ढलेर करेन्ट लाग्ने संभावना पनि उत्तीकै बढेको छ ।
करिब १० हजार पोल फेर्नु पर्ने अवस्थामा रहेतापनि बजेट र पोल उपलब्ध नहुँदा समस्या भएको छ ।
आजको हेटौडा सन्देश राष्ट्रिय दैनिकमा समाचार छ ।
