हेटौँडामा एक हप्ते चलचित्र निर्माण सम्बन्धी कार्यशाला हुने
मकवानपुर, ०९ साउन । मकवानपुरको हेटौँडामा चलचित्र निर्माण सम्बन्धी ५ दिने कार्यशाला गोष्ठी हुने भएको छ । काठमाडौंको मैतिदेवीस्थित कान्तिपुर फिल्म एकेडेमीले हेटौँडासहित देशका मुख्य सहरहरुमा कार्यशाला गर्न थालेको हो ।
फिल्म निर्माणसम्बन्धी शिक्षा दिने, फिल्ममा साक्षरता बढाउने र नयाँ जाकरुक फिल्म मेकर्स तथा स्टोरी राईटरहरुलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले इटहरी, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल र नेपालगञ्जमा एक–एक हप्ते फिल्म मेकिङ वर्कसप सञ्चालन हुने भएको हो ।
इटहरीमा भदौ ३ देखि ८ गतेसम्म, हेटौंडामा भदौ १० देखि १५ गतेसम्म, नारायणगढमा भदौ १७ देखि २२ गतेसम्म, पोखरामा भदौ २४ देखि २९ गतेसम्म, बुटवलमा भदौ ३१ देखि असोज ५ गतेसम्म र नेपालगञ्जमा असोज ७ देखि १२ गतेसम्म वर्कसप सञ्चालन हुने बताइएको छ ।
