वी.पी. स्मृति दिवसमा वी.पी. वाटिकामा बृक्षारोपण
मकवानपुर ८ साउन । वी.पी. विचार समाज मकवानपुरले युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक बी।पी। कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका ११ सरस्वती खोलामा बृक्षारोपण गरेको छ ।
समाजका अध्यक्ष विनोदचन्द्र कोईरालाको सभाध्यक्षता एवं पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमूख आतिथ्यतामा प्रस्तावित वी।पी। वाटिकामा चाँप, अशोक, रुद्राक्ष, कपुर, जाईफललगायतका २० भन्दा बढी जातका विरुवाहरु रोपिएको थियो ।
बृक्षारोपण कार्यक्रममा पार्टीका प्रवक्ता प्रदिप कोइराला, समाजका सचिव नारायण लम्साल, पार्टी जिल्ला सदस्य ईन्दिरा न्यौपाने, कांग्रेसका पूर्व सचिव डा. गणेश लामा, नेपाल शिक्षक संघ नगर अध्यक्ष ज्ञानेन्द्र बर्तौला, नेविसंघ जिल्ला सदस्य कविता बर्तौलालगायतले जननायक वी।पी। कोइरालाले देश र जनताप्रति गर्नुभएको योगदानको बारेमा चर्चा गरेका थिए ।
