प्रदेश ३ को बजेट ३५ अर्ब ६१ करोड : हेटौंडा काठमाडौँ सुरुङमार्ग संभाव्यता अध्ययन गरिने – हेर्नुहोस् भिडियो

तु खबर संवाददाता
२०७५ असार १,शुक्रबार २१:३४
Featured Video Play Icon

मकवानपुर, १ असार / आज प्रदेश नम्बर ३ को सरकारले आउँदो वर्षको बजेट सँसदमा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले ३५ अर्ब, ६१ करोड ५६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।

मन्त्री ढुंगेलले संघीय समानुकरण अनुदानबाट ५ अर्व ९६ करोड ९७ लाख, आन्तरिक राजश्वबाट ९ अर्ब ३३ करोड ३६ लाख ७३ हजार, राजश्व वाँडफाँडबाट ८ अर्ब १९ करोड ६६ लाख २७ हजार, शसर्त अनुदानबाट १० अर्ब ६१ करोड ५६ लाखको अनुमान बजेट प्रस्तुत गरेका छन् । ।

प्रदेशसभा भवनमा ढुंगेलले बजेट प्रस्तुत गर्दै १ सय १९ स्थानीय तहलाई ५ अर्ब २८ करोड ८२ लाख बजेट विनियोजन गरेका हुन् ।

बजेटमा पुर्वाधार विकास, पर्यटन तथा कृषिलाई उच्च प्राथमिकतामा राखिएको छ ।

बजेटमा पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङ मार्ग परियोजना तथा नुवाकोट–गणेस्थान– वेत्रावती सुरुङ मार्गको निर्माणको लागि संभाव्यता अध्ययनको लागि वजेट विनियोजन गरिएको छ त्यसैगरि गौरीशंकर–जुगल–गणेश हिमालका आधार शिविर जोड्ने उच्च हिमाली पदमार्ग परियोजना, प्रदेश विश्वविद्यालय परियोजना, पुष्पलाल प्रदेशको चक्रपथ परियोजना लागि समेत बजेट छुट्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*