कामना सेवा विकास बैंकको ४९ औँ शाखा हेटौँडामा

तु खबर संवाददाता
२०७५ जेष्ठ २१, सोमबार १७:४६

मकवानपुर, २१ जेठ । कामना सेवा विकास बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर ४, पारिजात पथमा आजदेखि बैंकको ४९ औं शाखा कार्यालय उद्घाटन गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक समिति अध्यक्ष सुदिप आचार्यको अध्यक्षता तथा मकवानपुर उद्योग बाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यतामा बैंकको शाखा उद्घाटन गरिएको हो ।

गत बैशाख महिनामा मात्रै ६ स्थानमा शाखा कार्यालय विस्तार गरिसकेको बैंकले यसै महिनामा थप ४ नयां शाखाबाट सेवा प्रदान गर्ने जनाएको छ । तिव्र गतिमा भौतिक विकास भइरहेको र हाल प्रदेश नं. ३ को राजधानी शहर सून्दर नगरी हेटौँडामा बैंकको कार्यक्षेत्र विस्तार गरि यस क्षेत्रका उद्योगी, ब्यापारी, पर्यटन ब्यवसायी, कृषक र अन्य ग्राहकहरुसंग अझै सामिप्यता काम गर्ने उदेश्यले शाखा विस्तार गरिएको बैँकले जनाएको छ ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी कृष्ण घिमिरे र हेटौडा उपमहानगर पालिका वडा नं. ४ का अध्यक्ष नविन सिग्देलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*