मकवानपुर प्रहरीद्वारा ११ वटा ट्रक तथा ट्याक्टर नियन्त्रण

तु खबर संवाददाता
२०७५ जेष्ठ १४, सोमबार १७:४७
File Photo

मकवानपुर, १४ जेठ । अबैध रुपमा नदीजन्य पदार्थ ढुवानी गरेको भन्दै मकवानपुर प्रहरीले ११ वटा ट्रक तथा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

आर्यतबार जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत समेतबाट खटेको प्रहरी टोलीले मकवानपुरका बिभिन्न स्थानबाट ११ वटा ट्रक तथा ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार ना ७ ख ३९८७ नम्बरको मिनि ट्रक तथा ना ६ त ५२२, ना २ त ८३५१, ना ३ त ८६११, ना ३ त २६५०, ना ५ त ६८६५, ना ६ त ५४२४, ना ५ त ८०८८, ना ६ त १३६२, ग १ त ११३२ र ना ५ त ५३६८ नम्बरको ट्याक्टरहरुमा नदिजन्य पदार्थ बालुवा,ढुङ्गा,गिट्टी लोड गरेको र नियमानुसारको कर छली गरी ओसारपसार गरेको भन्दै ती ट्याक्टरहरुलाई नियन्त्रणमा लिइएको हो

नियन्त्रणमा लिइएका ट्याक्टर तथा ट्रकलाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय मकवानपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*