कोलकत्ता आईपिएलको क्वालिफायरमा

तु खबर संवाददाता
२०७५ जेष्ठ १०, बिहीबार ०९:०९

भारत, १० जेठ । बुधबार राति भएको इलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले हराउदै कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । कोलकत्तास्थित इडेन गार्डेन स्टेडियमा घरेलु टोलीले दिएको १७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा ४ विकेट गुमाएर १४४ रन बनाएको थियो । राजस्थानका संजु सामसनले ५० रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै राजस्थानमा कप्तान अजिंका रहानेले ४६ र राहुल त्रिपाठीले २० रन जोडे । कोलकत्ताका पियुस चावलाले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १६९ रन जोडेको थियो । कोलकत्ताको लागि कप्तान दिनेश कार्तिकले ५२ रनको अर्धशतकीय पारी खेल्दा आन्द्रे रुसेल अविजित ४९ रन जोडे । यस्तै सुभमान गीलले २८ तथा क्रिस लिनले १८ रन बनाए । राजस्थानका क्रिश्नप्पा गोथाम, जोफ्रा आर्चर र बेन लुघलिनले समान २ – २ विकेट लिए । यो जितसँगै कोलकत्ताले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादसँगको भेट पक्का गरेको छ । राजस्थान भने प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग २ विकेटले पराजित भएपनि हैदरावादले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाएको हो ।

अब कोलकत्ता र हैदरावादबीच हुने दोस्रो क्वालिफायरको विजेताले फाइनलमा स्थान बनाउने छन् । उक्त विजेताले फाइनलमा चेन्नईसँग खेल्ने छ । चेन्नई पहिलो क्वालिफायरमा जित निकाल्दै फाइनल पुगिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*