आईपीएलको फाईनलमा ‘चेन्नई सुपर किङ्स’

तु खबर संवाददाता
२०७५ जेष्ठ ९, बुधबार ०९:५४

भारत, ९ जेठ । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ । क्वालिफायर्समा सनराइजर्स हैदराबादलाई मंगलबार २ विकेटले हराउँदै चेन्नईले फाईनल यात्रा तय गरेको हो । मुम्बईस्थित वाङखडे रंगशालामा हैदरावादले दिएको १४० रनको लक्ष्य चेन्नईले १९ ओभर १ बलमा ८ विकेट गुमाएर पुरा गरेको थियो । चेन्नईको जितमा फाप डु प्लेसीसले अविजित ६७ रनको योगदान दिए छन् ।

त्यस्तै सुरेश रैनाले २२, शार्दुल ठाकुरले अविजित १५ रन जोड्दा दिपक चाहरले १० रन जोडे । हैदरावादका सन्दिप शर्मा, सिदार्थ कउल र राशिद खानले समान २ – २ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १३९ रन जोडेको थियो । हैदरावादका कार्लाेस ब्रेथवेइटले अविजित ४३ रन जोडे । यस्तै कप्तान केन विलियनसन र युसुफ पठानले समान २४ – २४ रन जोड्दा श्रीभाट गोस्वामी र साकीब अल हसनले समान १२ – १२ रन जोडेका थिए । चेन्नईका ड्यान ब्राभोले २ विकेट लिए ।

अब चेन्नईले फाइनलमा दोस्रो क्वालिफायरको बिजेतासँग खेल्नेछ । यता, हैदरावादले भने फाइनल प्रवेशका लागि पुन दोस्रो क्वालिफायर खेल्न पाउने छ । हैदरावादले बुधबार हुने इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउने छ । इलिमिनेटरमा राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीच खेल हुनेछ । इलिमिनेटर विजेताले दोस्रो क्वालिफायरमा हैदरावादसंगको भेट पक्का गर्ने छ । दोस्रो क्वालिफायरको विजेताले फाइनलमा चेन्नईसँग खेल्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*