मन्त्री केशब स्थापितका गफ : लोखर्के गन्ने, सडक फराकिलो पार्नेदेखि प्रदेश ३ लाई धुलोमुक्त बनाउनेसम्म
मकवानपुर । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले यति धेरै गफ दिए कि अब उनले भनेका कुरा पत्याउनै मुस्किल हुन थालेको छ ।
मन्त्रीपरिषद्को विस्तारका बेला दुई जनामात्र मन्त्रीले सपथ खाएका बेला एक जना यिनै स्थापित थिए, जसले सपथ ग्रहणपछि सय दिनभित्र हेटौंडा मकवानपुरका सबै सडक फराकिलो पार्ने घोषणा गरेका थिए । सय दिन पुग्न अब धेरै दिन बाँकी छैन ।
त्यसपछि प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र कुनै पनि हालतमा सार्ने भाषण उनले ठोके । मुख्यमन्त्री डोरमणि पौडेलले जथाभावी बोल्दै नहिड्न सम्झाएपछि उनी केही समय चुप बसे । संचारमाद्यमले अन्तवार्ताका लागि खोजी गर्दा समेत मन्त्री स्थापित भेटिएनन्, मिडियामा आउन चाहेनन् । त्यसपछि मन्त्री स्थापितले हेटौंडामा लोखर्के गनिरहेको बताएर व्यङ्ग्य हाने । त्यसको सामाजिक संजालमा चर्को आलोचना खेप्नु पर्यो ।
हिजो राजधानी काठमाडौँमा भएको एक कार्यक्रममा उनले प्रदेश नम्बर ३ लाई धुलो मुक्त बनाउने घोषणा गरिदिए । अमेरिकी कम्पनीसँग सम्झौता गरी यसो गर्ने भनेर उनले घोषणा गरेपछि वर्षौदेखि धुलो खान बाध्य जनता आसावादी छन् । तर, यो पनि सय दिनभित्र हेटौंडा बनाउने घोषणाजस्तै नहोस् भनेर धेरैले कामना गरिरहेका छन् ।
भौतिक विकासमा योजनावद्ध तरिकाले काम गर्नुपर्ने मन्त्री स्थापित लोखर्के गनेर बसिरहेको बताएर विवादमा तानिए ।
हेटौंडामै आयोजित अर्को एक कार्यक्रममा बोल्दै मन्त्री स्थापितले सिन्धुलीको मरिन भन्ने ठाउँमा स्वप्न शहर बनाउने परिकल्पना सार्वजनिक गरे ।
यो पनि पढ्नुहोस् :
-
प्रदेश ३ लाई धुलोमुक्त बनाइन्छ : स्थापित
-
काठमाडौँ भत्काएका भौतिक पूर्वाधार विकास मन्त्री स्थापितले १०० दिनभित्रमा हेटौँडामा २५ मिटर सडक विस्तार गर्ने
-
हेटौँडामा २५ मिटर सडक बिस्तार हुने मन्त्री स्थापितको दाबी
-
हेटौँडामा हुँदै हुन्न–मन्त्री स्थापित



