पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले आज पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईदुई रुपैयाँ मूल्य वृद्धि गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको हो ।
