नारायणी संघद्वारा आफ्ना सदस्यहरुसँग छलफल

तु खबर संवाददाता
२०७५ बैशाख २९, शनिबार २१:१६

मकवानपुर । पछिल्लो समय सरकारी दबाब झेलिरहेका यातायात व्यवसायीहरुले यथार्थ जानकारी गराउन भन्दै शनिबार आफ्ना सदस्यहरुसँग छलफल गरेका छन् । संघका अध्यक्ष हिरालाल श्रेष्ठ, निवर्तमान अध्यक्ष बद्री चौलागाई, महासचिव सरोजकुमार खनाललगायतका कार्यसमितिले व्यवसायीसँग छलफल गरेको हो ।

वर्तमान अवस्थामा असहज परिस्थिति देखिएको भन्दै यसबाट नआत्तिन व्यवसायीलाई अध्यक्ष श्रेष्ठले अनुरोधसमेत गरेका छन् । राज्यले निर्देशिका परिमार्जन गरी प्रत्येक सवारीधनीले कम्पनी दर्ता गरेर मात्र व्यवसाय चलाउन पाउने व्यवस्था गरिदिएपछि त्यसले व्यवसायीहरु मारमा परेको उनले बताए ।

सरकारको निर्देशन अनुसार ९५ प्रतिशत यातयात व्यवसायीले कम्पनी खोल्न सक्ने अवस्था नरहेको समेत श्रेष्ठले बताए । सरकारले व्यवसायीहरु कम्पनीमा जान सक्ने अवस्थामा छन् वा छैनन भन्ने कुरामा बुझ्दै नबुझी यस्तो नियम ल्याएको श्रेष्ठको आरोप छ । संघको खातापाता रोकिएकाले दूर्घटना हुँदा के गर्ने भन्ने पिरलोमा व्यवसायी रहेको उनको भनाई छ । यता, संघका महासचिव सरोजकुमार खनालले व्यवसायीहरुकै रगत पसिनाले संघ स्थापना भएकोले सदस्यलाई समस्या पर्दा संघ पदाधिकारीले डटेर सहयोग गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*