२३ जनालाई ह्विल चेयर वितरण

तु खबर संवाददाता
२०७५ बैशाख २७, बिहीबार १३:०२
File Photo काठमाडौँका भौतिक संरचनाहरु (भवन, सडक र सार्वजनिक स्थानहरु) ह्विलचियरमैत्री हुनुपर्ने माग राख्दै शुक्रबार काडमाडौँमा करुणा फाउन्डेशन नेपाल र सडक सुरक्षा नेपालको संयुक्त सहकार्यमा भएको ¥यालीमा सहभागीहरु । तस्बिर : कल्पना पौडेल, रासस

झापा, २७ बैशाख । झापाको दमकमा बुधबार एक कार्यक्रमका बीच शारीरिक अपांगता भएका २३ जनालाई ह्विल चियर र ट्राइसाइकल वितरण गरिएको छ । दमक अपांग सहयोग समितिको संयोजनमा राष्ट्रिय अपांग पुनःस्थापना समाजले ती ह्विलचियर निःशुल्क उपलब्ध गराएको हो ।

दमक अपांग सहयोग समितिकी उपाध्यक्ष मनमाया तिम्सिनाको अध्यक्षता तथा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य सुगम भट्टराईले विभिन्न दातृसंस्थाको सहयोगमा ह्विलचियर तथा ट्राइसाइकल उपलब्ध गराइएको जानकारी दिनुभयो ।

कार्यक्रममा दमक रेडक्रस सभापति प्रकाश बुढाथोकी, दमक जेसीजका अध्यक्ष चन्द्र खत्री, मेची सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईलगायतले अपांगताको बारेमा बोल्नुभएको थियो । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*