एक जनाको जलेर र १ को करेन्ट लागेर मृत्यू
खोटाङ, ४ बैशाख । आगलागीमा जलेर घाईते भएका दिप्रुङ गाउँपालिका-४ बस्ने निशान राईको ३ बर्षीय छोरा हितलर राईको उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । राईको फुसको छानो भएको एकतले घरमा सोमबार कोही नभएको अबस्थामा हितलरले लाईटर चलाउने क्रममा आगलागी हुँदा जलेर गम्भिर घाईते भएकोले उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । आगलागीबाट करिब २ लाख रूपयाँ बराबरको धनमाल समेत क्षति भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
धादिङको थाक्रे गाउँपालिका-११ स्थित महेशखोलामा बोरिङ गरी पानी ल्याउने पाईप झुण्डाउने क्रममा पाईपमा बांधेको सपोट (आलमुनियम)को तारले बिजुलीको तारमा छुन गई करेन्ट लागि झापा ममै गाउँपालिका-८ घर भई सोही स्थानमा लेवर काम गर्ने ६० बर्षीया निकी तामाङ सहित ७ जना गम्भिर घाईते भएकाले उपचाराको लागि काठमाडौंतर्फ लैजाने क्रममा तामाङको बाटोमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
