सुनकोशीमा पौडी खेल्ने क्रममा युवक बेपत्ता

तु खबर संवाददाता
२०७५ बैशाख १, शनिबार २०:४०
File Photo

चौतारा– सिन्धुपाल्चोकको ठूलोढुंगास्थित सुनकोशी नदीमा पौडी खेल्दा आज एक युवक बेपत्ता भएका छन् ।

नयाँ वर्षको उपलक्ष्यमा वनभोज खान गएका सुनकोसी गाउँपालिका–४ यमुनाडाँडा निवासी १८ वर्षीय रुपेश खड्कालाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए । बेपत्ता युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*