गृह मन्त्रालयद्वारा डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत
काठमाडौं– गृहमन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले डिआइजी खरेलको राजीनामा स्वीकृत गरेका हुन् ।
सरकारले नेपाल प्रहरीको २६ औं आइजीपीमा मंगलबार साँझ डिआइजी सर्वेन्द्र खनाललाई नियुक्ति गरेलगत्तै खरेलले राजीनामा दिएका थिए ।
बुधबार गृहमन्त्री थापाले उनको राजीनामा स्वीकृत गर्नुभएको गृह मन्त्रालयका प्रवक्त रामकृष्ण सुवेदीले बताए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै प्रहरी प्रधान कार्यालयमा समेत जानकारी दिइसकेको जनाइएको छ ।
यो पनि हेर्नुहोस् :
– आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै खरेलद्वारा राजीनामाको घोषणा
– अन्ततः नेपाल प्रहरीको सर्वेन्द्र खनाल र शसस्त्र बलको शैलेन्द खनाल आईजीपी नियुक्त
