अन्ततः नेपाल प्रहरीको सर्वेन्द्र खनाल र शसस्त्र बलको शैलेन्द खनाल आईजीपी नियुक्त

२०७४, २७ चैत्र मंगलवार २०:५०

काठमाडौँ । सरकारले नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाललाई नियुक्त गरेको छ । शसस्त्र प्रहरी बलको आईजीपी शैलेन्द्र खनाल नियुक्त भएका छन् । केही बेर अघि बसेको मन्त्रीपरिषद्को बैठकले उनीहरुलाई दुबै प्रहरी संगठनको आईजीपी बनाएको हो ।

नेपाल प्रहरीमा रमेश खरेल र पुस्कर कार्की समेत आईजीपी बन्ने दौडमा थिए । तर, सरकारले पहिलो बरियताकै खनाललाई आइजीपी बनाएको हो । दोस्रोमा खरेल र तेस्रोमा कार्की थिए । वर्तमान आईजीपी प्रकाश अर्याल भोलिबाट रिटायर्ड हुँदै छन् ।

सशस्त्रमा खनालसमेत पुष्पराम केसी आईजीपी बन्ने दौडमा थिए ।

यस अघि बिहान सिफारिस समितिको बैठक बसेको थियो । दिउँसो बसेको मन्त्रीपरिषद्को बैठकले आईजीपीको निर्णय गर्न सकेको थिएन । तर, भोलिबाट दुबै प्रहरी संगठनको कमाण्ड नेतृत्व बिहीन हुने भएपछि अहिले केही बेर अघिको मन्त्रीपरिषद् बैठकले आईजीपीको नेतृत्व चयन गरेको हो ।

यो पनि हेर्नुहोस् :

दुबै खनाल होलान् त आइजीपी ?

नयाँ आइजीपी छान्न सिफारिस समितिको बैठक, को होला नयाँ आइजीपी ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*