जुवा तास खेल्ने ३ जना पक्राउ
काठमाडौँ, २२ चैत । काठमाडौँ महानगरपालिका–२६ मित्रनगर स्थित प्रेम बहादुर माझीले सञ्चालन गरेको सिन्धुली रिमिक्स गेष्ट हाउसको दोश्रो तलाको २ सय १ नम्बरको कोठामा तास खेलिरहेका ३ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
उनीहरुको साथबाट नेपाली ५१ हजार ६ सय रुपैयाँ, साउदी रियल २ सय ८५, भारतीय ३ सय रुपैयाँ, युएस डलर १ र ३ बुक तास फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
