युवती बलात्कार प्रयत्न गर्ने ललितपुरका प्रहरी जवान पक्राउ
ललितपुर । महानगरीय प्रहरी प्रभाग बालकुमारीमा कार्यरत प्रहरी जवान माधब राईलाई आज महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । एक किशोरीलाई बलात्कार प्रयास गरेको अरोपमा उनी पक्राउ परेका हुन् ।
सुनसरीको धरान नगरपालिका–१९ स्थित जिमीचोक स्थायी घर भएका २९ बर्षीय प्रहरी जवान राईलाई चैत १ गते नियन्त्रणमा लिईएको प्रहरीले पुष्टि गरेको छ । उनीमाथि म्याद थप गरी अनुसन्धान भइरहेको छ । राईलाई हिरासतमा राखी थप अनुसन्धान कार्य अघि बढाइएको छ ।
