‘सहकारीलाई पर राखेर विकास हुन्न’–योजना मन्त्री ढुङ्गेल

तु खबर संवाददाता
२०७४ चैत्र २०, मंगलवार १३:५५

मकवानपुर, २० चैत । प्रदेश नंबर ३ का अर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सहकारीलाई पर राखेर विकास संभव नभएको बताएका छन् । ६१ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आज हेटौँडामा राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले सहकारीबिना विकास सोच्न नसकिने बताएका हुन् ।

सहकारीले उत्पादनमा जोड दिनु पर्ने बताउँदै मन्त्री ढुङ्गेलले सहकारीले शिक्षा, स्वास्थ्य तथा कृषिको क्षेत्रमा योगदान दिनुपर्ने बताए । उनले प्रदेश सरकार सहकारीसँग हातेमालो गरेर काम गर्न तत्पर रहेको बताउनु समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*