बैशाखको पहिलो सातादेखि मकवानपुरमा आर्थिक गणना हुँदै

तु खबर संवाददाता
२०७४ चैत्र २०, मंगलवार १२:०२

मकवानपुर, २० चैत । मकवानपुरमा आउँदो बैशाखको पहिलो सातादेखि प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ सञ्चालन हुने भएको छ ।

सरकारले आउँदो बैशाख २ गते देखि जेठ १५ गते सम्म आर्थिक गणना गर्ने भएको हो । जिल्ला आर्थिक गणना कार्यालय मकवानपुरको आयोजनामा जिल्लाभरीको आर्थिक गणना सञ्चालन गर्न लागिएको सोमबार हेटौडामा राष्ट्रिय आर्थिक गणना जिल्ला स्तरिय सचेतना गोष्ठीको आयोजना गर्दै जानकारी दिईएको छ ।

आर्थिक गणनाका लागि छनौट भएका ६३ जना गणक कर्मचारीहरुको तालिम आजदेखि सञ्चालन गरिने भएको जिल्ला आर्थिक गणना कार्यालयका अधिकृत नबराज पौडेलले जानकारी दिए । कर्मचारीहरु आर्थिक चाप बढी भएका क्षेत्रमा अली बढी र भौगोलिक बिकटता भएका क्षेत्रमा पनि प्राथमिकताका साथ खटाइएको पौडेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*