कोकको बोत्तल र रड प्रहार गरी हत्या गर्ने ४ वर्षपछि पक्राउ
काठमाडौं, १९ चैत । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त बाग्लुङ्ग पयुंपाटा स्थायी घर भई हाल ललितपुर झरवारसी पोखरीटार बस्ने गोकुल के.सी. खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७० साउन २७ गते साबिक काठमाडौं तिनथाना–९ ढुंङ्गेअड्डा स्थित सडक किनारामा राम थापालाई कोकको बोतल र फलामको रडले प्रहार गरी हत्या गरी फरार रहेका खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका स्वयम्भूबाट सोमबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
